बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

बर्दिया, २७ जेठ । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए । 

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएकामा अहिले छ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गरे। 

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन्  । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिए ।

पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली  हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक