थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

काठमाडौँ, २७ जेठ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्।

जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्। रायमाझी र रिजाल दुवै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित व्यक्ति हुन्। दुबैविरुद्ध यो प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ।

शुक्रबारको बहसमा रायमाझीका वकिलहरूले रिजालको दिमागी अवस्थामाथि नै टीकाटिप्पणी गर्दै बहस गरेका छन्। रायमाझीको पक्षबाट बहस गरेका पूर्वन्यायाधिवक्ता रमेश बडालले रिजालको ‘माइन्ड कन्ट्रोल’ अरूकै हातमा भएको दाबी गरे। ‘एउटा माइन्ड कन्ट्रोल अरूकै हातमा भएको मान्छेले दिएको बयान पत्याउने श्रीमान्रु’उनले भने, ‘उनको दिमाग अरूकै माइन्ड कन्ट्रोलमा हुने कुरा स्वयं आफैले किताबमै स्विकारेका छन्।’

रिजालले सन् २००९ मा लेखेको किताब ‘टर्चर किलिङ बी सफटुली’मा लेखिएको विषयलाई स्थापित गर्न खोज्दै बडालले तर्क गरे, ‘उहाँको किताबमा माइन्ड कन्ट्रोल उल्लेख भएकाले अहिले पनि सरकारले उनको माइन्ड कन्ट्रोल गरेर बोल्न लगाएको हो किरु यसैले उहाँले बयानमा दिएको कुरा अभियोगको रूपमा सम्मानित इजलासले ग्रहण गर्न सक्दैन।’

किताबमा भुटानको जेलमा बस्दा भुटान सरकारले ‘माइन्ड कन्ट्रोल’ गरेको विषय रिजालको किताबमा रहेकाले त्यसमा इजलासले ध्यान दिनुपर्ने बडालले आग्रह गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय