सिन्धुली, २६ जेठ । सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको हो । कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको थियो ।
दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।





