आयरल्यान्डका राष्ट्रपतिसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेस

लन्डन, २६ जेठ । बेलायतका साथै आयरल्यान्डका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

डब्लिनस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र पेस गरेको दूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपतिले राजदूत आचार्यलाई  आयरल्यान्डका  लागि नेपालको राजदूतमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

साथै दुई देशबीचको विद्यमान मित्रताको सम्बन्ध निरन्तरता र थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उक्त समारोहमा राजदूत आचार्य र आयरल्यान्डका राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । राजदूत आचार्यले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट राष्ट्रपतिको सन्देश सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको