नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छः अध्यक्ष भट्टराई

काठमाडौँ, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको बताएका छन् ।

बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताए । उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए । उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए ।

उनले भने, ‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो । देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ। यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौं । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न संकल्पसहित हिँडेका अगुवाहरूको यो पार्टी हो। पुराना र नयाँ भुल्काका रूपमा उदाइरहेका शक्तिहरू भन्दा फरक नेपाल समाजवादी पार्टी हो भन्ने कुरा यहाँ राख्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक