मुर्रा राँगा ल्याउँदा ठूलो उपलब्धी ठान्ने सरकार जनता समस्यामा तड्पिरहँदा के गर्दैछ ?

काठमाडौँ, २५ जेठ । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद बसन्त नेम्वाङले जनता समस्याले तड्पिरहँदा सरकार कहाँ छ भनि प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद नेम्वाङले ७१ जिल्लामा लम्की रोग फैलिसकेको उल्लेख गर्दै पाँचथर जिल्लामा दुई सय, इलामा जिल्लामा १३ सयभन्दा बढी मरिसकेको जानकाररु गराउनुभयो । देशभर १०औं हजार गाई बस्तुहरु मरिसकेको जानकारी गराउँदै उहाँले सरकारले १५ वटा मुर्रा राँगा ल्याउँदा ठूलो उपलब्धी ठान्नेले नेपाली जनता समस्यामा तड्पिरहँदा सरकार कहाँ गएको छ भनि प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यसरी नै देशैभरी १० हजार भन्दा बढी गाई बस्तुहरु मरिसकेको अवस्था छ । एउटा गाईको एक लाख रुपौंया पर्छ । सरकार ध्यान दिँदैन । भर्खरै प्रधानमन्त्री ज्यू,को भारत भ्रमणबाट नस्ल सुधारको लागि ल्याएको १५ वटा मुर्रा राँगोको ठूलो चर्चा हुन्छ । त्यो ठूलो उपलब्धि ठानिन्छ । तर अरवौंको क्षती भएर हजारौं किसानहरुलाई आघात पर्दा यो सरकार ध्यान दिँदैन । तत्तकाल त्यो महामारिलाई नियन्त्रण गर्न, औषधि उपचारको निम्ती ठोस् व्यवस्था गरियोस् । यथार्थ डाटा संसदमा पेश गरियोस् । सरकार के गर्दैछ ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको