काठमाडौँ, २५ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





