सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम

काठमाडौँ, २४ जेठ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन् ।

आज राष्ट्रियसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरणको महत्व वर्तमान सरकारले बुझ्न सकेको देखिएन । अहिले यो बजेटमा ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई अरु तिब्र गतिमा विभाजित गरी ज्यानमारा किसान कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गरिएको छ’ ‘यसले के देखिन्छ भने वर्तमान सरकार आकाश-पातालको कुरा धेरै गर्छ, कुरा जे पनि गर्छ, जनताको हित हुनेकुरा प्राथमिकतामा राख्न सकेको छैन ।’ 

गौतमले कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगिकरण प्राथमिकतामा पर्नुपर्ने बताए । उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

काठमाडौँ, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ