काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा.नारायण खड्का साताव्यापी युरोप भ्रमणमा रहेका छन् ।
प्रतिनिधिसभा सांसद समेत रहेका खड्काले पोल्यान्डको राष्ट्रियसभा ‘सिनेट’ का अध्यक्ष डा. तोमास ग्रोश्की तथा उद्योग व्यापार सङ्घका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।
खड्काकाअनुसार भेटवार्तामा सन् १९५९ नोभेम्बरमा स्थापित दुई देशबीचको सम्बन्धलाई घनीभूत बनाएर लैजाने विषयमा छलफल भएको छ । साथै व्यापार, पर्यटन, विदेशी लगानी र विद्यार्थीहरूलाई पहिला दिँदै आएको छात्रवृत्ति पुनः सुरु गर्ने पूर्व परराष्ट्र मन्त्री खड्काले आग्रह गरेका थिए ।





