नेप्से परिसूचक ४.६८ अंकले बढ्यो

काठमाडौँ, २४ जेठ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ४.६८ अंकले वृद्धि भएको छ । मंगलबार २५.६६ अंकले वृद्धि भएको नेप्से आज कारोबारमा पनि बढेर बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार एक अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन दुई अर्ब ३६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.२४ प्रतिशतले वृद्धि भएर १९३२.३३ विन्दुमा बन्द भएको हो ।

आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले थप सेयर (एफपीओ) निष्कासन गरेको थियो । यो कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ वृद्धि भएर प्रतिकित्ता एक हजार ३५३ रुपैयाँ कायम भएको छ । होटेलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १० करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको आठ करोड ९७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये पाँचवटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक ४.९७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ । त्यस्तै, सर्वाधिक परिसूचक घट्नेमा म्युचुअल फन्ड समूहको परिसूचक रहेको छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले वृद्धि भएको छ ।

आज २६१ धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता खरिद–बिक्री भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक