सोलर बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाइयो

काठमाडौँ, १ चैत । महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो होर्डिङ बोर्ड हटाएको जनाएको छ ।

कामपा राजस्व विभागले शहरलाई कुरूप हुन नदिन होर्डिङ बोर्ड हटाएको जनाएको छ । करिब एक महिनाअघि दरबारमार्गको सडकमा राखेको पार्किङ हटाएपछि आन्दोलित भएका त्यहाँका व्यापारी मंगलबार विज्ञापन हटाएपछि थप आक्रोशित भएका छन् । सोलारबत्तीको पोलको प्रचार समग्री हटाउन खोज्दा विवाद भएको थियो । तर, कामपा प्रहरीले आदेश पालना गर्नुपर्ने जनाउँदै सबै पोलबाट प्रचार सामग्री हटाएको थियो। सर्वोच्चले २०७२ भदौ १६ गते सबै शहरको सौन्दर्य कायम गर्न पोल, पर्खाललगायत सबै क्षेत्रबाट सबै प्रकारका पोस्टर, पम्प्लेट, बोर्ड, पचलगायतका वातावरणमा प्रत्यक्ष असर गर्ने सामाग्री नराख्न आदेश दिएको थियो ।

कामपा नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सर्वोच्चको आदेशअनुसार सोलार बत्तीको पोलमाथि राखिएको बोर्ड हटाइएको जानकारी दिए । उनले भने, ‘ुशहरलाई कुरूप हुन नदिन र वातावरण स्वच्छता कायम गर्न बोर्ड हटाएका हौं ।’ कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले दरबारमार्ग विकास बोर्डले एक वर्षदेखि नवीकरण नगरी बिजुलीको पोलमा प्रचार सामग्री राखेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक