‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’

काठमाडौँ, २९ फागुन । माओवादी धारका राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । स्मरण रहोस् हाल सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा रहेको छ । माओवादीकै नेतृत्वमा रहेको सरकारसँग माओवादी धारका अन्य दलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका हुन् ।

साथै उनीहरूले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने ठहर गरेका छन् । माओवादी जनयुद्ध ताका एउटै पार्टीमा रहेका तर अहिले छुटाछुटै पार्टी गठन गरेका नौ दलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी द्वन्द्वकालीन घटनाको निरुपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर हुन नसक्ने बताएका हुन् ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित उनीहरूले सरकारलाई आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने चेतावनीसमेत उनीहरूले दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार