‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’

काठमाडौँ, २९ फागुन । माओवादी धारका राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । स्मरण रहोस् हाल सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा रहेको छ । माओवादीकै नेतृत्वमा रहेको सरकारसँग माओवादी धारका अन्य दलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माग गरेका हुन् ।

साथै उनीहरूले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने ठहर गरेका छन् । माओवादी जनयुद्ध ताका एउटै पार्टीमा रहेका तर अहिले छुटाछुटै पार्टी गठन गरेका नौ दलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी द्वन्द्वकालीन घटनाको निरुपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर हुन नसक्ने बताएका हुन् ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित उनीहरूले सरकारलाई आवश्यक कानुन बनाई अविलम्ब शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने चेतावनीसमेत उनीहरूले दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्