मन्त्री पौड्यालसँग तीन देशका राजदूतको शिस्टाचार भेट

काठमाडौँ, १९ माघ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले बुधवार नेपालका लागि अष्ट्रेलिया, स्वीटजरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्री पौड्याल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीचको शिस्टाचार भेटमा नेपालमा स्वीस विकास कोपरेशनअन्तर्गत संचालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका बिषयमा छलफल भएको हो ।

त्यसैगरी मन्त्री पौड्यालले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग पनि शिस्टाचार भेटवार्ता गर्नुभयो । उहाँहरुबीचको भेटमा ती देशहरुबीच आपसी सम्बन्ध सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्