मन्त्री पौड्यालसँग तीन देशका राजदूतको शिस्टाचार भेट

काठमाडौँ, १९ माघ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले बुधवार नेपालका लागि अष्ट्रेलिया, स्वीटजरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्री पौड्याल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीचको शिस्टाचार भेटमा नेपालमा स्वीस विकास कोपरेशनअन्तर्गत संचालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका बिषयमा छलफल भएको हो ।

त्यसैगरी मन्त्री पौड्यालले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग पनि शिस्टाचार भेटवार्ता गर्नुभयो । उहाँहरुबीचको भेटमा ती देशहरुबीच आपसी सम्बन्ध सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार