काभ्रेपलाञ्चोक, १७ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउनुभएको छ ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा नवनिर्मित बलराम/तारा प्रधान इनर्जी ल्याव भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताउनुभयो । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गर्नुभयो । यही अवस्थाबाट राजस्व परिचालनमा सुधार गर्ने अपेक्षा गर्दै उहाँले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो । सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।
उहाँले भन्नुभयो, “चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो । ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, टे«ड ब्योलेन्सको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौँ ।”





