कांग्रेस सत्तामा आउने डा. शेखर कोइरालाको दाबी 

विराटनगर, १४ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् ।

आज विराटनगरमा नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको र पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएको बताए । 

“कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ,” उनले भने ।  सरकारलाई समर्थन गर्ने विषयमा आफूले तटस्थ बस्न आग्रह गरेको बताउँदै कोइरालाले भने, “गृहमन्त्रीले राजीनामा दिनु परेको छ । अब भोलि कसरी बढ्नुपर्ने भन्ने अवस्था आएको छ । हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ । न्यायपालिका सबल भएको देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव