राष्ट्रपति निर्वाचन : कांग्रेससँग पनि छलफल गर्ने माओवादीको निर्णय

काठमाडौँ, १४ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निष्कर्षसहित कांग्रेसलगायतका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत दुई दलबाहेक सबैले दिएको कारणले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने जिम्मेवारी माओवादी केन्द्रको रहेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै दलसँग छलफल गर्ने र सहमतिका लागि पहल गर्ने निर्णय बैठकले गरेको बताए । उनले राष्ट्रपति चयनका लागि २५ फागुनदेखि २८ फागुनसम्म निर्वाचन हुने पनि बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति