संसद सचिवालयद्वारा एकीकृत समाजवादीलाई सुविधा दिन अस्वीकार

काठमाडौँ, ११ माघ । सङ्घीय   संसद्   सचिवालयले   नेकपा   (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो । सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन  नमिल्ने  जवाफ  पठाएको  हो  ।

शाखाका  उपसचिव   रामहरि   थापाले   कानुनअनुसार   सचेतकलाई  सुविधा  उपलब्ध  गराउन  नमिल्ने  जवाफ पठाइएको बताए । समाजवादीले सङ्घीय संसद्का पदाधिकारी तथा  सुविधासम्बन्धी  ऐनअनुसार  सुविधा  दाबी  गरेको थियो तर सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ । 

१० सांसद रहेको एकीकृत समाजवादीले ऐनको परिभाषा खण्ड (ञ) अनुसार सुविधा माग गरेको थियो । १० भन्दा बढी सांसद भएको  दलको  प्रमुख  सचेतकले  पदाधिकारीको  सुविधा पाउने ऐनमा व्यवस्था छ । सचिवालयले दलको सिट सङ्ख्या १० रहेको र १० भन्दा बढीको अर्थ कम्तीमा ११ सदस्य हुनुपर्ने भन्दै सुविधा दिन नमिल्ने जवाफ पठाएको हो । सुविधा शाखामा संसदीय दल गठनका अन्य पत्र पनि प्राप्त भएका छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले पनि सो विवरण पठाएका छन्  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह गरेको छ

काठमाडौँ, ६ असोज । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा