समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ, १५ मंसिर । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।  निर्वाचन आयोगले अपरान्ह ४ः ०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।   यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरेको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी