एजेन्सी, २९ भदौ । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।





