सर्वोच्च भवन निर्माण अनियमितता छानबिन गर्न माग

काठमाडौँ, १९ साउन ।  सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै भवन निर्माणका विषयमा सार्वजनिक सञ्चार माध्यमदेखि महालेखा परीक्षक कार्यालयसम्मले प्रश्न उठाएकाले छानबिन गर्न माग गरेका हुन् ।

‘सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्ष रूपमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी अनियमितता भएको देखिए दोषीउपर कारबाही गर्न र सर्वोच्चले अदालतको आन्तरिक व्यवस्थापन सौहार्दपूर्ण कायम राख्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका त्यसमाथि न्यायको मन्दिर निर्माणमा पनि अनियमितता र भ्रष्टाचारको कुरा उठ्दा हामी सम्पूर्ण न्यायकर्मीको शिर निहुरिएको अवस्था छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्