राजदूतमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान

काठमाडौँ, ३ बैशाख । संघीय संसदको संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । सुनुवाइ समितिले शनिबार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सवुत प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ ।

सूचना दिनेले नाम गोप्य राख्न पनि पाउने समितिले जनाएको छ । यो सूचना जिल्ला प्रशासन कर्यालय लगायत सम्भव भएसम्म अरु सरकारी कार्यालय र सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था गर्न पनि समितिले प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । बैठकले चीनका लागि विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर, मलेसियामा ठिल्लीराज पौडेल, इजरायलमा कान्ता रिजाल र साउदी अरेबियामा नवराज सुवेदी, अष्ट्रेलियामा कैलाशराज पोखरेल, कतारमा डा। नरेन्द्रबिक्रम ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल भण्डारी, डेनमार्कमा प्रा। डा। रामस्वार्थ राय, जापानमा दुर्गाबहादुर सुवेदी, ब्राजिलमा निर्मलराज काफ्ले, इजिप्टमा सुशीलकुमार लम्साल राजदूत सिफारिस गरेको थियो ।

राजदूत सिफारिस हुने अन्यमा संयुक्त राष्ट्रसंघको कार्यालय भियानामा भरतकुमार रेग्मी बहराइनमा तीर्थराज वाग्ले, बंगलादेशमा घनश्याम भण्डारी, म्यानमारमा हरिशचन्द्र घिमिरे र ओमानमा डोरनाथ अर्याल रहेका छन् । संसदीय सुनुवाइपछि नाम अनुमोदन भएमा उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय