चितवन, १३ मंसिर । नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ ।
एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको हो । कोरोना संक्रमणको उपचारका क्रममा रहनु भएका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराउनुभयो । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।