कच्चा तेलको मूल्य घट्दै

काठमाडौँ, १३ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक हप्ताअघि प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको   प्रभाव   र   अमेरिकाले   रणनीतिक   भण्डारणबाट   पाँच   करोड   ब्यारेल   पेट्रोलियम  पदार्थ  निकासा  गरेपछि  कच्चा  तेलको  मूल्य  घट्न  थालेको निगमले  जनाएको छ  ।  निगमका  प्रवक्ता  विनितमणि  उपाध्यायले  भने,  “कच्चा  तेलको  मूल्य  बिस्तारै  घट्न  थालेको  छ,  विशेष  गरी अमेरिकाले  भण्डारण गरेको  तेल  बजारमा  पठाउनु  र  कोरोनाको  नयाँ  भेरियन्टका  कारण  घट्ने  सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”

निरन्तरको  मूल्य  वृद्धिले  हरेक  १५  दिनमा  दुई  अर्ब  घाटा  बेहोरिरहेको  निगमले  सञ्चित  रकमबाट  पूर्ति  गरिरहेको  छ  ।  निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम  चलाइएको  छैन  । स्थिरिकरण  कोषको  रकम  निकासाका  लागि  निगमले  उद्योग,  वाणिज्य  तथा  आपूर्ति मन्त्रालयसँग  अनुमति  दिनुपर्छ  ।

कर्मचारी  बोनसका  लागि  सञ्चित  गरिएको  रकम  तीन  अर्ब  रुपियाँ  छ  ।  सो  रकम  पनि  नचलाइएको  निगमका  प्रवक्ता  उपाध्यायले  बताए  ।  यी  सब  गर्दा  निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ । अन्तर्राष्ट्रिय  बजारमा  तेलको  मूल्य  छिट्टै  नघट्ने  हो  भने नेपालको घाटा निगमले लामो समय थेग्न नसक्ने निगमले जनाएको  छ  ।  तत्कालका  लागि  सञ्चित  रकमबाट  कारोबार  गरिए पनि लामो समय टिक्न नसकिने उपाध्यायको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि