जनकपुरधाम, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।