मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन्: ओली

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेको बताएका छन् ।

चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताए ।
‘देउवाजी पनि काम गर्न चाहनुहुन्थ्यो होला तर सकिरहनु भएको छैन। उहाँलाई पनि गाह्रै छ,’ ओलीले भने,‘हिजो मलाई अप्ठेरो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समाइरहेका छन् ।’ ओलीले देउवालाई गोप्य कुरा खुस्काउनै पर्ने भयो भन्दै आगामी निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने बताए ।  

‘स्थानीय चुनावमा पहिलाको जति ४० प्रतिशत होइन त्यो भन्दा बढी ल्याउँछौं,’ ओलीले भने,‘पार्टीका लागि भन्दा पनि देशका लागि एमालेको एकल बहुमत ल्याउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।