मेरा खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाका खुट्टा समाइरहेका छन्: ओली

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले आफूलाई अप्ठेरो पार्नेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समाइरहेको बताएका छन् ।

चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकारबारे आफूले धेरै भन्न नचाहेको बताए ।
‘देउवाजी पनि काम गर्न चाहनुहुन्थ्यो होला तर सकिरहनु भएको छैन। उहाँलाई पनि गाह्रै छ,’ ओलीले भने,‘हिजो मलाई अप्ठेरो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समाइरहेका छन् ।’ ओलीले देउवालाई गोप्य कुरा खुस्काउनै पर्ने भयो भन्दै आगामी निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने बताए ।  

‘स्थानीय चुनावमा पहिलाको जति ४० प्रतिशत होइन त्यो भन्दा बढी ल्याउँछौं,’ ओलीले भने,‘पार्टीका लागि भन्दा पनि देशका लागि एमालेको एकल बहुमत ल्याउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि