गुरुको गुरु पनि गुरु नै !

म मेरो गुरु हो !
हो ! म मेरो गुरु हो ?
हामि हाम्रो गुरु हो !
हो ! हामि हाम्रो गुरु हो ?
म मेरो गुरु, हामि हाम्रो गुरु !
गुरु प्रकृति हो, प्रकृति नै गुरु हो !
सोधिएका सिमित प्रश्नहरुको उतर पाउछु म गुरुबाट
प्रकृतिबाट सोच्दै नसोचेका, खोज्दै नखोजेका जवाफ भेट्दछु
त्यसैले,
झन ठुलो गुरु प्रकृति !
ठुलो फेदाङ्वा प्रकृति !
गुरु पुर्वार्ध, उत्तरार्द्ध गुरु,
गुरु दृश्य, गुरु अदृश्य कल्पना पनि
गुरु ज्ञान, मान गुरु,
गुरु समावेश हो, गुरु सामन्जस्यता पनि
बगिरहेको नदि गुरु,
उनी निरन्तर त्याग र समर्पणमा तल्लिन छिन !
छाति खोलेर ढक्क अडिएको विशाल हिमाल गुरु,
उ स्वाभिमानि र निडर छ !
बलिरहेको दियो गुरु,
जस्ले वरिपरि उज्यालो छरिरहेकै छ !
बहिरहेको हावा गुरु,
उनको कोमल भावले मन शान्त पारेको छ !
ठुलो फेदाङ्वा प्रकृति !
गुरु ध्यान, गुरु एक प्राथना
गुरु चुनौति हो, गुरु सामना पनि !
गुरुको गुरु पनि गुरु नै !

मनिष राज तिमसिना, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर