सांसद ओलीको कविता: विपक्षी दलहरूलाई बाँदरको संज्ञा (कवितासहित)

काठमाडौँ, २१ असार । राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गर्नुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशवासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको भन्दै आक्रोस जनाउनुभयो । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलश्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताउनुभयो ।

उहाँको कविता

बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन,
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन,
कहिले मिलेका छन् कहिले फुटेका छन्,
इर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर,
आजकल बेवारिसे बाँदर विनाशका मेलामा जुटेका छन्,
अलिकति चेतना भएको भए,
हामी र हाम्रो भन्न सक्थे,
हालेको जग बचाएको भए,
सुन्दर घरवास बन्न सक्थे,
आखिर बाँदर न हुन्,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?,
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको,
बाँदरहरू खेती गर्देनन्, बाली बिनास गर्छन्,
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन्,
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन्,
बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन,
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ