‘विदेश विद्यार्थी पठाउँदै कमिशन खाँदै ढाडिएका बिरालोहरुले मेडिकल कलेजलाई सम्बन्धन दिनुहुँदैन भन्दैछन्’

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भ्रष्ट, कमिशनखोरी तथा अनेक हर्कतहरु गर्ने पूर्वमन्त्री तथा माओवादीका ठूला नेताहरु नेपाली व्यवसायीले सञ्चालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्धन दिन हुँदैन भन्दै स्याल हुँईया गरिरहेको बताउनुभएको छ ।

सरकारले वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन निर्देशन दिएपछि माओवादीका भ्रष्ट, दलाली तथा कमिशनखोरीहरुले सरकारको विरोध गरिएको भन्दै आक्रोस जनाउँदै नेता बस्नेतले मेडिकल शिक्षाको अध्ययनको लागि नेपालबाट वार्षिक १५ अर्वभन्दा बढी रकम विदेश जाने गरेको बताउनुभयो । १५ अर्वभन्दा बढी मेडिकल शिक्षा अध्ययनकै लागि नेपालबाट विदेश जानु मुलुकको आर्थिक वृद्धिदरलाई ठूलो धक्का लाग्ने गरेको बताउनुभयो ।

माओवादीका नेताहरु चिकित्सा क्षेत्र तथा अन्य विभिन्न क्षेत्रहरुमा भ्रष्टाचारमा खुल्लम खुल्ला संलग्नता देखिएको भन्दै उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्री कृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षा मन्त्री गिरीराज मणी पोखरेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओवादीका ठूला नेताहरुको संलग्नता खुल्लम खुल्ला देखिएकै छ ।’

नेपालमा नै मडिकल कलेजहरुको विकास र विस्तार गरी उक्त रकम विदेश जानबाट रोक्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले नेपालको चिकित्सा क्षेत्रमा ठूलो राजनीति घुसेको भन्दै दुःख व्यक्त गर्नुभयो । माओवादीका नेताको योजनामा डा. गोविन्द केसी समेत उक्त खेलमा लाग्नुभएको प्रति संकेत गर्दै नेता बस्नेतले केही व्यक्तिगत स्वार्थ तथा कमिशनखोरीका कारण नेपाली व्यवसायी तथा आफ्नै देशमा पढ्ने वातावरण बन्न नदिने खेलमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको चिकित्सा क्षेत्रमा ठूलो राजनीति घुसेको छ । नेपालका डक्टरहरु र मेडिकल ब्यवसायीहरुलाई बस्न टिक्न नदिने । ब्यवसाय गर्न नदिने । एम बी बी एस पढ्न चहाने विद्यार्थीर्थीरुलाई आफ्नै देशमा पढ्ने वातावण बन्न नदिने । वार्षिक १५ अर्व भन्दा बढी रकम विदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यवसायीले संचालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्धन दिनुहुँदैन भनेर स्याल हुइयाँ गर्दैछन् ।’

विदेशी डलरमा विकेका केही नागरिक समाजका नेतृत्व भनाउँदाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याउनु भयो भनि अनेक बहाना बनाई अनावश्यक, भ्रामक तथा कपोकल्पीक कुराहरु गरी जनतालाई भ्रममा पार्ने कोशिस गरिरहेको भन्दै भ्रष्टालाई सम्झाउने नेपालको विधि र कानुन पर्याप्त रहेको भन्दै सचेत गराउनुभयो । उक्त व्यक्तिहरुलाई सम्झाउन माओवादीले तत्तकालिन समयमा दुःख दिएका वाइसिएलका एउटा सामान्य कार्यकर्ताले नै उक्त समूहको लागि पर्याप्त हुने चेतावनी समेत उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको आचिसम्म बाँकि राख्दैनन् तीनिहरुले खोक्न थालेछन् र रोइलो गर्दैछन् । कृपया याद रहोस् त्यो भ्रष्टलाई सम्झाउन बिधि र कानुन प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दुख दिएका पूर्ववाई सी एलको एउटा सामान्य कार्यकर्ता नै काफी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।  राजधानीमा बुधबार आयोजित ‘दिगो

काठमाडौँ, १९ वैशाख । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका