अन्तर्राष्ट्रिय श्रमिक दिवस: श्रमिक महिला रक्षा सघंको र्याली

काठमाडौँ, १९ वैशाख । आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले र्याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन् । ठमेल सञ्चय कोष अघिबाट सुरु भएको र्याउली दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुँदै पुन शान्तिबाटिका आइपुगेको हो ।

यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ । यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा