धनगढी, १९ वैशाख । सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।
मुख्यमन्त्रीको विश्वासको मतका लागि २१ वैशाख साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोडारी नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।