भक्तपुर, १९ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन् । चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । इनार खन्दा उनीहरु ५५ फिट तल पुगेपछि बेहोस भएका हुन् ।
प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोली र सशस्त्र प्रहरीको उद्धार टिमले उनीहरुलाई इनारबाट निकालेर भक्तपुर अस्पतालमा पठाएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।