आजको मौसम

काठमाडौँ, २६ चैत । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । 
 
त्यस्तै आजराति  देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले देशको तराई र पहाडि भू–भागका केही स्थानमा तुवाँलो लागेकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणका कारण आँखा र नाक पोल्ने, टाउको दुख्नेजस्ता समस्या देखिँदै आएको छ । 

लामो समयदेखि पानी नपर्दा र धेरै ठाउँमा डडेलो लागेका कारण अध्यधीक मात्रामा वायु प्रदूषण भएकाले केहीदिन यता भिजिविलिटीसमेत न्यून हुँदै आएको छ । डडेलो नियन्त्रण नहुँदासम्म वायु प्रदूषण स्थिर रहने वातावरण विभागले बताएको छ । ठूलो पानी परेपछि अथवा ठूलो हवाहुरी चलेपछि मात्रै वायु प्रदूषण कम हुने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस