कांग्रेस संकटमा छैन, आफैंलाई कमजोर गर्ने काम नगरौं: सभापति देउवा

काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताउनुभयो ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रममा बोलेको विषयलाई खण्डन गर्नुभयो । सभापति देउवाले पार्टी कहिल्‍यै पनि संकटमा नरहेको ठोकुवा गर्दै पार्टीका नेता कार्यकर्तालाई आफैंले आफैंलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो ।

उनले भने ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं। पार्टी जीतहारले संकटमा नभइ धेरै पटक हामी हारेका छौं । धेरै पटक जितेका पनि छौं । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैंले आफैंलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’

नेता जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको उल्लेख गर्दै उहाँले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभाये । उहाँले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टी हाँक्ने नेता गुमाउनु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति