बुटवल, २३ चैत । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका लुम्बीनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीबाट कारबाही गरेको जानकारी गराएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संसदीय दलको सिफारिसअनुसार दलबाट कारबाही गरिएको जानकारीसहितको पत्र प्रदेश सभालाई पठाउनुभएको हो ।
लुम्बीनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्ती मगरले भन्नुभयो, ‘१३ गते नै कारबाही गरेको हो । सूचना आइतवार दिएको हो । हामीले स्पष्टीकरण लियौं । त्यसको जनाकारी केन्द्रीय कमिटीमा पठायौं । उहाँहरुले चित्त बुझ्दो जवाफ दिनुभएन । केन्द्रीय सदस्य र साधरण सदस्यबाट हटाइसक्यौं ।’ दलको विधानअनुसार पार्टीको सदस्य नभएपछि स्वतस् पद खारेज हुने उहाँ बताउनुहुन्छ ।