आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाहरुले सरकारको विरोध गरिरहेका छन्ः प्रम ओली

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरको विकास र समृद्धिको यात्राले तथा जनताको अत्याधिक समर्थनका कारण आफ्नो कतिपयको राजनीतिक सटर बन्द हुने भएकाले सरकारको अफबाह गरेको बताउनुभएको छ ।

ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गर्दै आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क वितर्क गरेर सरकारको विरोध गर्न खर्चिएको आक्रोस व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप लगाउनुभयो ।

विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विरोधमा केही मान्छे तानाशाही आयो भन्छन्, के हो तानाशाही भनेको रु फासीवाद भनेको शब्द नबुझेर बोलेको हो कि रु जसले यसो भनिरहेका छन् । ती मान्छेले नै फासीवाद ल्याउन खोजेका थिए। लोकतन्त्र विरुद्ध जसले गलत काम गर्छ, उसैले तानाशाह, फासीवाद र अधिनायकवाद भन्छ । नबुझेर बोलेजस्तो लाग्यो ।’

सरकारले यस्ता भ्रमपूर्ण कुरामा नभइ जनता, विकास, देशको हित र स्वाभिमानमा ध्यान दिएको उल्लेख गर्नुभयो । विभिन्न बहानामा प्रधानमन्त्री राजिनामा मागिएको प्रति उहाँले सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएर देखाउन चुनोति दिनुभयो । उहाँले भन्नुभयो, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्