बैतडीमा भेटियो दोस्रो फलाम खानी

काठमाडौँ, २१ चैत । बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो ।

सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी  भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए । फलामखानी भएको स्थान पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा रहेको छ ।

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम  मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।

अधिकारीले भने, “८० प्रतिशतसम्म  फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ  छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।