ईश्वर पोखरेलको कविता ‘आफ्नो घर’

अग्रजहरूको-
रगत पसिनाले सिंचित जगमा ।
मिहिनेतले –
बनाएको आफ्नै घर ।

सभ्यता र संस्कृतिको –
प्रतीक बनेको आफ्नै घर ।

सौभाग्यको पर्याय रहेको हाम्रो घर !
भाग्य र भविष्यको प्रतीक हाम्रो घर ! 

विडम्वना ! 
कुनैवेला त्यही घरमा 
विरानो जस्तो बन्यौं –  हामी , 
हराएको जस्तो बन्यौं / बनाइयौं – हामी !

साँच्चै भनौं – 
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो 
भाग्य र भविष्यलाई   कालो  बादलले ढाक्छ कि भन्ने लाग्यो ! 
सौभाग्य लुटिए जस्तो लाग्यो 
बाँच्न  मुश्किलनै पर्छ कि भन्ने लाग्यो !

आज त्यही घरमा पुगेकाछौं !
मेरो प्रिय घर !
यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिने छैन 
स्वाभिमानलाई झुक्न दिनेछैन!

सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ 
तर, म हराउन सक्तिन – मेरो घर !
म छोड्न सक्तिन मेरो घर !!

ईश्वर पोखरेलको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ