ईश्वर पोखरेलको कविता ‘आफ्नो घर’

अग्रजहरूको-
रगत पसिनाले सिंचित जगमा ।
मिहिनेतले –
बनाएको आफ्नै घर ।

सभ्यता र संस्कृतिको –
प्रतीक बनेको आफ्नै घर ।

सौभाग्यको पर्याय रहेको हाम्रो घर !
भाग्य र भविष्यको प्रतीक हाम्रो घर ! 

विडम्वना ! 
कुनैवेला त्यही घरमा 
विरानो जस्तो बन्यौं –  हामी , 
हराएको जस्तो बन्यौं / बनाइयौं – हामी !

साँच्चै भनौं – 
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो 
भाग्य र भविष्यलाई   कालो  बादलले ढाक्छ कि भन्ने लाग्यो ! 
सौभाग्य लुटिए जस्तो लाग्यो 
बाँच्न  मुश्किलनै पर्छ कि भन्ने लाग्यो !

आज त्यही घरमा पुगेकाछौं !
मेरो प्रिय घर !
यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिने छैन 
स्वाभिमानलाई झुक्न दिनेछैन!

सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ 
तर, म हराउन सक्तिन – मेरो घर !
म छोड्न सक्तिन मेरो घर !!

ईश्वर पोखरेलको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ