शेयर बजार १३ अङ्कले बढ्याे

काठमाडौँ, २२ पौष । आज शेयर बजार परिसूचक नेप्से १३ अङ्कले बढेको छ ।

नेप्से १३ दशमलव शून्य ७ अङ्कले बढेर २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको छ । बुधबार व्यापार र जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ ।

निर्जीवन बीमा समूहको शेयर १ सय १२ अङ्कले, माइक्रो फाइनान्सको ५६ अङ्कले, विकास बैंकको २२ र बैंक समूहको शेयर ११ अङ्कले बढेको छ ।

आज दुई सय पाँच कम्पनीका एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कालिका माइक्रो क्रेडिट विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।