आज नेप्से परिसूचक २५.९८ अंकले बढ्यो

काठमाडौँ, २५ कार्तिक । साताको तेस्रो दिन आज सेयर कारोबार नेप्से परिसूचक २५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले बढेको छ । योसँगै मंगलबार कारोबार रकमले समेत दशैं पछिको नयाँ रेकर्ड राखेको छ ।

दिनभर ३८ हजार ६ सय ३४ कारोबारबाट १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै जीवन बिमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यो उपसमूहले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । जीवन बिमा उपसमूह ४७६.३६ अंकले बढेर १० हजार २ सय ५१ दशमलव २२ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसको पदाधिकारीसहितको शीर्षस्थ नेताहरुको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा

काठमाडौँ, २० फागुन । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021