ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुन्छ : मन्त्री भट्टराई

ताप्लेजुङ, २२ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिनुभयो ।

फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुक कै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटो भन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिता दिएको बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उच्च प्राथमिकतामा परेका थिए । मन्त्री भट्टराईल तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सके मात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँलै सोही अनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह पनि गर्नुभयो ।

जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो । यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसंग जोडिएको छ । ओलाङचुङगोला स्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ । यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला –७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो । व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्वपूर्ण रहेको उनको भनाइ छ ।

गृह जिल्लाका जनताको गुनासो सुन्न , विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिहरुसँग छलफल गर्न शुक्रबार यहाँ आउनुभएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका ३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गर्नुभएको थियो ।

आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको समेत अवलोकन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।  राजधानीमा बुधबार आयोजित ‘दिगो

काठमाडौँ, १९ वैशाख । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका