काठमाडौँ, १३ कार्तिक । दशैंपछि आजदेखि सुनचाँदी बजार खुलेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





