घट्यो सुन चाँदीको मूल्य

काठमाडौँ, २८ असोज । बुधबार सुन चाँदीको मूल्य घटेको छ ।

मंगलबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ भने चाँदीको भाउमा पनि आज २० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ५ रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक

काठमाडौँ, १२ कार्तिक । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

ओखलढुङ्गा, १० कार्तिक । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले