आजको मौसम

काठमाडौँ, २६ असोज । आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको छ भने देशका बाँकी भू(भागमा भने सामान्यता मौसम सफा रहनेछ । यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना भने छैन ।

केही दिनयता मनसुन खासै सक्रिय छैन । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने महाशाखाले जनाएको छ । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको छ । जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै काठमाण्डौको १६ दशमलव ५, दिपायलको १७ दशमलव ६, डडेल्धुराको १३ दशमलव ३, विराटनगरको १७ र पोखराको १८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न