आजको मौसम

काठमाडौँ, २६ असोज । आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको छ भने देशका बाँकी भू(भागमा भने सामान्यता मौसम सफा रहनेछ । यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना भने छैन ।

केही दिनयता मनसुन खासै सक्रिय छैन । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने महाशाखाले जनाएको छ । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको छ । जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै काठमाण्डौको १६ दशमलव ५, दिपायलको १७ दशमलव ६, डडेल्धुराको १३ दशमलव ३, विराटनगरको १७ र पोखराको १८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति