काठमाडौँ, २३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४०९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी १४०९ जनामा संक्रमण पुष्टि भएको हो ।
थप २ हजार ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।