फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौँ, ६ असोज । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । 

कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । 

त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।  विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको बताएका छन् । उनले कोरोना

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य दुई अध्यक्षबीच संवाद रोकिएको छ । प्रधानमन्त्रीले कार्यकारी अध्यक्षलाई संवादमा ल्याउन दूतका रूपमा तपाईंसहितका