प्रभु बैंकको २ अर्बको ऋणपत्र साउन १९ बाट 

काठमाडौँ, ११ साउन । प्रभु बैंकले साउन १९ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकहरूले एक हजार अंकित दरको दुई अर्ब रुपैयाँबराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले एक अर्ब २० करोडबराबरको १२ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ–संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । यस्तै बाँकी रहेको ८० करोड रुपैयाँबराबरको आठ लाख कित्ता ऋणपत्रको ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको  ७ लाख ६० हजार कित्तामा भने सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

आठ वर्ष अवधि रहेको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । ऋणपत्रको ब्याज त्रैमासिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।

लगानीकर्ताले छिटोमा साउन २३ गते र उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021