ऋणीलाई ब्याज तथा किस्ता तिर्ने समय अवधि थप

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ ।

मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार अब कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७/७८ असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् । विभिन्न निकायले ऋण तिर्ने समयावधि पर धकेल्न माग गर्दै आएका थिए ।

उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ ।

काठमाडौँ, ८ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै ९४

काठमाडौँ, ८ मंसिर । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको