बसको ठक्करबाट छात्रा घाइते : गाडीमा तोडफोड र आगजनी

काठमाडौँ, ७ पौष । काठमाडौँको सुकेधारामा बसको ठक्करबाट चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्त घाइते भएकी छिन् ।

सोमबार विहान बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी पन्तलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते पन्तको ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पन्तलाई ठक्कर दिएर बस भागेपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन् । ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रोशित विद्यार्थी तोडफोडमा उत्रिन थालेपछि स्थितिलाई नियन्त्रण लिन अहिले पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै