काठमाडौँ विमानस्थलमा उडान प्रभावित

काठमाडौँ, ५ पौष । बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ । बिहान केही समय भएको माउन्टेन फ्लाइट पनि फेरि बन्द गरिएको थियो ।

उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिभराउ छ । मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका क्षेत्रमा हुस्सु र शितलहरको अवस्था छ । दिउँसोबाट भने हुस्सु कुहिरो हट्दै जाने मौसमविदले बताएका छन् ।

आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आउने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै