अब कर कार्यालयमा बुझाएको लेखा परीक्षण प्रतिवेदन हेरेर मात्र बैंकले ऋण दिने

काठमाडौँ, २६ भदौ । वाणिज्य बैंकहरूले कर कार्यालयमा बुझाएको लेखा परीक्षण प्रतिवेदनको समेत आधारमा मात्र व्यवसायीलाई कर्जा दिने भएका छन् । यसबाट एउटै व्यवसायीले बैंकलाई नाफा भएको हिसाबकिताब देखाएर कर्जा लिने र कर कार्यालयमा घाटा लागेको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेर कर छल्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ ।

यो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले गत शुक्रवार सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । वाणिज्य बैंकहरू यसको तयारीमा जुटे पनि विकास बैंक र वित्त कम्पनीले भने अझै तयारी गरेका छैनन् ।

आन्तरिक राजस्व विभागले भदौ २५ र २६ गते विकास तथा वित्त कम्पनीका प्रतिनिधिहरूसँग यसबारे छलफल गरेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले जानकारी दिए । सो अवसरमा विभागले व्यवसायीहरूले कर छली नगरुन् भनेर एउटै वित्तीय प्रतिवेदन लागू गर्न जोड दिएको उनले बताए । ‘सरकारले कडा नियम त ल्यायो । तर, व्यापारीले यो नियम अनुसार कर्जा नलिन सक्छन् । यो सजिलै लागू होला जस्तो लाग्दैन,’ उनको प्रतिक्रिया थियो ।

यसअघि ऋण लिँदा व्यवसायी र बैंकबीच मात्र सम्झौता हुने गरेको थियो । अब व्यवसायीले ऋण लिँदा कर कार्यालयमा बुझाएको लेखापरीक्षण प्रतिवेदन समेत बैंकमा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । यो व्यवस्था व्यक्तिगत कर्जा लिनेको हकमा भने लागू हुने छैन । याे खबर आजकाे आर्थिक अभियान दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज